राजनीति

प्रतिनिधिसभा बैठकमा खानेपानी मन्त्रीसँग प्रश्नोत्तर

फाइल फाेटाे

काठमाडाैँ - संघीय संसदको शुक्रबार (आज) दिउँसो बस्न लागेको प्रतिनिधिसभा बैठकमा खानेपानी तथा सरसफाइ मन्त्री विना मगरसँग प्रश्नोत्तरको कार्यतालिका रहेको छ।

संघीय संसदको सचिवालयका अनुसार मन्त्री मगरसँग सांसदहरुले मन्त्रालयसँग सम्बन्धित प्रश्नहरु गर्न सक्ने छन्। मन्त्री मगर मन्त्रालयको पछिल्लो गतिविधिको जानकारीसहित संसदमा प्रस्तुत हुन लागेकी छन्। दिउँसो १ बजे बस्ने बैठकमा मन्त्री मगरले सम्हालेको मन्त्रालयसँग सम्बन्धित विषयमा सांसद्ले प्रश्न राख्ने र मन्त्रीले त्यसको जवाफ दिने छिन्।

खानेपानी मन्त्रालय पछिल्लो समय मेलम्ची खानेपानी आयोजना र सचिव गजेन्द्र ठाकुरको सरुवाले चर्चामा छ । शुक्रबारका लागि तय गरिएको प्रश्नोत्तर श्रृंखलामा सांसद्हरुले यही विषयबारे जिज्ञासा राख्ने अनुमान गरिएको छ ।

प्रकाशित: १० फाल्गुन २०७५ ०६:०२ शुक्रबार

संघीय_संसद प्रतिनिधिसभा विना_मगर प्रश्नोत्तर