राजनीति

नेकपाले बुझायो पाठकको भिडियो

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलले भ्रष्टचारमा मुछिएका राजनारायण पाठकको भिडियो अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको छ। सिंहदरबारस्थित नेकपाको संसदीय दलको कार्यालयमा अख्तियारका प्रतिनिधि बोलाएर पाठकको भिडियो हस्तान्तरण गरिएको हो। अख्तियारले निवर्तमान आयुक्तमाथि मुद्दा चलाउने निर्णय लिएको भोलीपल्ट नेकपाले भिडियो हस्तान्तरण गरेको हो।

पाठकको घुस प्रकरणमा अनुसन्धान गरिरहेका अधिकारीहरुलाई नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले उक्त भिडियो हस्तान्तरण गरे। ‘अख्तियारका अनुसन्धान टोलीलाई घुस काण्डमा मुछिएका पाठकको भिडियो हस्तान्तरण गरेको छु,’ नेम्बाङले भने। उनका अनुसार पाठकले घुस लिइरहेको र अन्य संवादको भिडियो औपचारिक रूपमा अख्तियारलाई बिहीबार हस्तान्तरण गरिएको हो।

चाँगुनारायण, भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेको समुहसँग ७८ लाख घुस लिएको सार्वजनिक भएलगत्तै नैतिकताको आधारमा पाठकले आयुक्तबाट राजीनामा दिएका थिए। मंगलबार अख्तियारले आफनै निवर्तमान आयुक्त पाठकमाथि मंगलबारबाट अनुसन्धान प्रक्रिया सुरु गरेको छ।

प्रकाशित: १० फाल्गुन २०७५ ०१:२६ शुक्रबार

नेकपा संसदीय_दल भ्रष्टचार राजनारायण_पाठक अख्तियार_दुरुपयोग_अनुसन्धान_आयोग भिडियो