राजनीति

बेलायती रक्षा राज्यमन्त्री नेपाल आउँदै

काठमाडौं – बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकेष्टर नेपालको चार दिवसीय भ्रमणका लागि बुधबार नेपाल आउँदै छन्।

मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी लिन तथा नेपाल र संयुक्त अधिराज्यबीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ तुल्याउने उद्देश्यले ल्याङकेष्टर नेपाल आउन लागेका हुन्।

नेपाल बसाईका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग उनले हाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

प्रधानसेनापति पूर्णचन्द्र थापा र संयुक्त अधिराज्यका रक्षा राज्यमन्त्रीबीच भेटवार्ता हुने कार्यक्रमसमेत रहेको बेलायती राजदूतवासले जनाएको छ।   

प्रकाशित: ७ फाल्गुन २०७५ ०९:१९ मंगलबार

बेलायत रक्षा_राज्यमन्त्री नेपाल भ्रमण