राजनीति

सांसद रेग्मीको घरजग्गा अर्कैको नाममा

काठमाडाैँ - प्रतिनिधिसभा सदस्य उमा रेग्मीले जिल्लामा रहेका मालपोत कार्यालयहरुमा अनलाइन सेवामार्फत राम्रोसँग काम नहुँदा जनताहरु दुःख पाइरहेकाे बताएकी छन् सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रेग्मीले मालपोत कार्यालयको चरम लापरवाहीका कारण अनलाइन मार्फत काठमाडौँमा रहेको आफ्नै जग्गा अरु ब्यक्तिको नाममा पुगेको बताइन्।

उनले भनिन्,‘ मालपोतकै गल्तीका कारण मेरो आफ्नै जग्गा को कँडेलको नाम पुगेपछि आफ्नो नाम ल्याउन चार दिनसम्म मालपोत कार्यालय धाउनु परेको हो।’ उनले मालपोत कार्यालयको चरम लापरवाहीलाई सुधार्न र अनलाइनलाई व्यवस्थित गर्न सभामुखमार्फत सम्बन्धित मन्त्रीको संसदमै ध्यानाकर्षणसमेत गराइन्।

उनले नियमनकारी निकायले जिल्ला जिल्लामा रहेका मालपोत कार्यालयहरु समय समयमा अनुगमन नगर्दा त्यहाँ सबै सेवाहरु अस्तव्यस्त बनेको बताइन्।

प्रकाशित: ६ फाल्गुन २०७५ ०७:४८ सोमबार

प्रतिनिधिसभा उमा_रेग्मी अनलाइन