राजनीति

माइतीघरमा घन्कियो पशुपति शर्माको गीत (फोटो फिचर)

काठमाडौं- गायक पशुपति शर्माको 'लुट्न सके लुट कान्छ…' गीत प्रति समर्थन जनाउँदै माइतीघरमा विवेकशील नेपाली दल समर्थित युवाहरुले प्रदर्शन गरेका छन्। राजधानीको माइतीघर लगायत देशका विभिन्न स्थानमा उनीहरुले सार्वजनिकरुपमा गीत बजाउँदै प्रदर्शन गरेका हुन्। माइतीघरमा उनीहरुले शर्माको गीत बजाउँदै अभिव्यक्ति स्वतन्त्रता प्रति प्रहार नगर्न चेतावनी दिए। युवाहरु शर्माको गीत बजाएर नाचेका थिए।

उनीहरुले ‘कम्युनिस्ट सरकार कि पञ्चायत रिटर्न्स ? भ्रष्टाचार बन्द गर्ने कि भ्रष्टाचारविरुद्धको गीत? ओली सरकार वाक् स्वतन्त्रता खोइ ? जस्ता प्ले कार्ड बोकेका थिए। सामाजिक सञ्जाल समेत शर्माको समर्थनमा रंगिएको छ। शर्माले शनिबारसाँझ गीत युट्युवबाट हटाएको घोषणा गरेका थिए। उनले गीत हटाए पनि सामाजिक सञ्जालमा गीत भाइरल भइरहेको छ।

नेकपा कार्यकर्ताहरुले राष्ट्रपतिको हेलिकोप्टर प्रसंग, यमराजको शासन, दलका कार्यकर्तालाई कुकुर भनेको विषयमा विरोध जनाएका थिए। सरकारी कर्मचारीले जागिर खाएको दुई वर्षमा घर बनाएको, सरकारी अस्पतालका चिकित्सक निजी अस्पतालमा विरामी पठाउने गरेका विकृतिलाई लयमा ढालिएको छ।

तस्बिर : विष्णु लामिछाने

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App