राजनीति

देशको झण्डा फहराउँदै पानीजहाज चल्ने छ : प्रधानमन्त्री

काठमाडौं- नेपाल पानीजहाज कार्यालयको उद्घाटन भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यालयको उद्घाटन गरेका हुन्। कार्यालय एकान्तकुनामा स्थापना गरिएको छ।

कार्यक्रमा प्रधानमन्त्रीले अब नेपालबाटै पानीजहाज चढ्न पाइने बताए। उनले देश जलयातायातमा प्रवेश गरिसकेको प्रष्टयाए। देशको झण्डा फहराउँदै पानीजहाज चल्ने उनको भनाई छ। उनले पानीजहाजको टिकट यही पाइने बताउँदै देश एक कदम अघि बढेको बताए।

प्रधानमन्त्री ओलीले 'ड्रिम प्रोजेक्ट' को रुपमा रहेको पानीजहाज सञ्चालन सम्वन्धि योजना बनाउन यतायात र उद्योगमन्त्रालयलाई निर्देशन दिएका थिए। सरकारले पानीजहाज चलाउने योजना बनाउँदा यसलाई असम्भव भन्ने समेत गरिएको थियो। पानी जहाजका विषयलाई सामाजिक सञ्जालमा आलोचना तथा मजाकको रुपमा पनि लिइएको थियो।  

नेपालको जलमार्गहुँदै भारतसँग जोड्ने गरी योजना तयार पारिएको छ। नेपालको नारायणीबाट भारतको गंगा नदीसंग अन्तदेशीय सञ्जाल जोडिने छ। यसको नेपाल र भारतका प्राविधिकहरुले अध्ययन गरिरहेका छन्।

 

 

प्रकाशित: २ फाल्गुन २०७५ ०७:०२ बिहीबार

पानीजहाज जलमार्ग सरकार प्रधानमन्त्री