राजनीति

२ करोड ५० लाख धरौटीमा छुटे गोपाल खड्का

काठमाडौं- नेपाल आयल निगममा पूर्वकार्यकारी निर्देशक गोपाल खड्का धरौटी बुझाएर तारेखमा छुटेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा दुई करोड पचास लाख धरौटी बुझाएर छुटेका हुन्। अख्तियारले उनको १८ करोड ६६ लाख रुपैयाँ सम्पत्तिको स्रोत नखुलेको भन्दै मुद्दा दायर गरेको थियो।

खड्काविरुद्धको मुद्दमा आज विशेष अदालतमा भएको छुनछेकको बहसमा उनीसँग विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्य प्रमोदकुमार श्रेष्ठ र नारायणप्रसाद पोखरेलको इजलासले उक्त धरौटी रकम बुझाउन आदेश गरेको थियो। खड्काको धरौटीमा नेपाल इन्भेष्टमेन्ट बैंक ग्यारेन्टी बसेको छ।

खड्कालाई आयल निगमको जग्गा खरिदमा अनियमितता गरेको आरोप लाग्दै आएको छ। उनले निगमको जग्गा खरिदमा गरेको अनियमितताबारे नागरिक दैनिकले खुलासा गरेको थियो।  

प्रकाशित: २९ माघ २०७५ १२:२९ मंगलबार

गोपाल_खड्का अनियमितता भ्रष्टाचार