राजनीति

दाहाल र अमेरिकी राजदूतबीच भेटघाट

फाइल तस्बिर

काठमाडौं, – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि अमेरिकी राजदूत ‍-यान्डी डब्लु बेरीबीच आइतबार भेटवार्ता भएको छ। दाहालले भेनेजुएला संकटबारे विज्ञप्ति जारी गरेको करिब दुई सातापछि अमेरिकी राजदूत बेरी उनलाई भेट्न खुमलटारस्थित निवास पुगेका हुन्।

भेटमा दाहालले आफूले अमेरिकासँगको कूटनीतिक सम्बन्धमा कुनै तनाव ल्याउन नखोजेको स्पष्ट पारेको स्रोतले बतायो। नेकपाका नेता देवेन्द्र पौडेलले राजदूत बेरी र अध्यक्ष दाहालबीच समसामयिक विषयमा कुराकानी भएको जानकारी दिए। दाहालले चाँडै अमेरिका भ्रमण गर्ने दाबी पौडेलले गरे। भेनेजुएला विज्ञप्ति प्रकरणपछि दाहालले पत्नी सीतालाई उपचारका लागि अमेरिका लैजाने योजना स्थगन भएको थियो। 

प्रकाशित: २८ माघ २०७५ ०२:१३ सोमबार

नेकपा पुष्पकमल_दाहाल राजदूत ‍-यान्डी_डब्लु_बेरी