राजनीति

‘मधेस आन्दोलनको मुद्दा स्थापित गराउन संघर्ष’

बारा - उपप्रधानमन्त्री उपेन्द्र यादवले मधेस आन्दोलनका मुद्दा स्थापित गराउन लागि परेको बताएका छन। बाराको कलैयामा शुक्रबार मधेसी स्वास्थ्यकर्मी फोरम प्रदेश नम्बर २ को प्रथम अधिवेशनलाई सम्बोधन गर्दै यादवले भने, ‘मधेस आन्दोलनका मुद्दा स्थापित गराउन संघर्ष जारी छ।’

यादवले मधेसी, दलित, थारु, मुस्लिम, जनजातिलगायतको हकअधिकार संविधानमा स्थापित नहुन्जेल संघर्ष गरिरहने बताए। उनले संघीयतामा आँच आउने खालको कुनै पनि गतिविधि आपूmहरुलाई स्वीकार्य नभएको बताए। उनले संघीय प्रणाली अपनाएको मुलुकमा संघ र प्रदेशको सरकार रहने बताए। ‘प्रदेशको सरकारको आप्mनै कानुन, आप्mनै स्वायत शासन, आप्mनै अर्थतन्त्र, आप्mनै प्रशासन हुन्छ। प्रदेशको अधिकारमा कसैले पनि हस्तक्षेप गर्न हुँदैन’, उनले थपे।

प्रदेश नम्बर २ मानवीय सूचकांकमा सबैभन्दा पछाडि रहेको बताउँदै उनले भने, ‘यहाँ सबै चिज भए पनि किन मानवीय सूचकांकमा पछाडि परेको छ, त्यसको खोजबिन हुनुपर्छ। उनले विगतमा राज्यको विभेदकारी नीतिका कारण प्रदेश मानवीय सूचकांकमा पछाडि परेको बताए।

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले प्रहरी भर्ना गर्न नपाउँदा आप्mनो प्रशासन सञ्चालन गर्न नपाएको बताए। उनले बेटी पढाऔं बेटी बचाऔं अभियान सञ्चालन गरेको र माघयता जन्मेका बालिकालाई एक लाखको बिमा गर्ने नीति प्रदेश सरकारले ल्याएको जानकारी दिए।

प्रकाशित: २६ माघ २०७५ ०१:३८ शनिबार

मधेस_आन्दोलन उपेन्द्र_यादव मुद्दा संघर्ष