राजनीति

सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन

काठमाडौं– वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ संशोधन भएको छ। 
ऐनको संशोधित विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि ऐन संशोधन भएको हो। 

राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीका अनुसार संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक २०७५ लाई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेकी हुन्। 

ऐन संशोधन भए पनि सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष र पदाधिकारीले राजीनामा दिइसकेका छन्। यद्यपी सरकार आयोगको म्याद थप्ने र आममाफीको प्रावधान ल्याउने तयारीमा छ।

प्रकाशित: २५ माघ २०७५ ०९:०३ शुक्रबार

सत्य_निरुपण_तथा_मेलमिलाप_आयोग विधेयक_प्रमाणीकरण राष्ट्रपति