राजनीति

नेकपा कार्यदलले प्रतिवेदन बुझाएन

काठमाडौं – पार्टी एकिकरणको खाका तयार गर्न बनेको नेकपाको नौ सदस्यीय कार्यदलले प्रतिवेदन बुझाएको छैन। सोमबार बसेको सचिवालय बैठकले कार्यदललाई मंगलबार जे जस्तो अवस्था छ त्यस्तै अवस्थामा प्रतिवेदन निर्देशन दिएको थियो।

कार्यदलका सदस्यहरू मंगलबार काठमाडौंमा जुट्न नसकेका कारण प्रतिवेदन बुझाउन ढिलाइ भएको हो। कार्यदलका अन्य सदस्यहरू काठमाडौंबाहिर रहेकाले गृहमन्त्री रामबहादुर थापा पनि दिनभर सर्लाहीको कार्यक्रममा व्यस्त भए।

विधानमा संशोधन गर्ने विषय, पोलिटब्युरो गठनको मादपदण्ड, केन्द्रीय सदस्यको कार्य विभाजन, जनसंगठन एकीकरणको खाका बनाउने विषयमा कार्यदलले विधान संशोधनबाहेक अन्य विषयका सहमति जुटाउन सकेको छैन।

प्रदेश कमिटि गठन तथा अन्य विषयमा कार्यदलका सदस्यहरूबीच विवाद उत्पन्न भएपछि कार्यदलको बैठक माघ ६ गतेपछि बस्न सकेको छैन। सोमबार मात्रै बसेको पार्टीको सचिवालय बैठकले अहिलेसम्मका कार्यप्रगति विवरणसहित प्रतिवेदन बुझाउन सचिवालयलाई निर्देशन दिएको थियो।

प्रकाशित: २३ माघ २०७५ ०१:१३ बुधबार

पार्टी_एकिकरण नेकपा कार्यदल प्रतिवेदन