राजनीति

कलैयामा कांग्रेसको प्रदर्शन

बारा- सरकारको विरोधमा नेपाली काँग्रेस बाराले सोमबार कलैयामा बिरोध सभाको आयोजना गरेको छ। दुई तिहाई बहुमतको दम्भमा सरकारले जन बिरोधी कार्य गर्दा त्यसले देशमा लोकतन्त्र माथि प्रहार भएको भन्दै काँग्रेसले बिरोध सभाको आयोजना गरेको हो।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य फरमुल्लाह मंसुर, राधेचन्द यादवको नेतृत्वमा निकालिएको बिरोध र्यालीले नेपाली काँग्रेस बाराको मोतिबाघमा रहेको पार्टी कार्यालयबाट कलैया नगरको बिभिन्न भाग परिक्रमा गरि भरत चोकमा कोण सभामा परिणत भएको छ।

 

 

 

प्रकाशित: २१ माघ २०७५ ०९:३६ सोमबार

कांग्रेस विरोध सरकार