राजनीति

भेनेजुएला प्रकरणमा संसद मौन बस्नु हुन्न : सांसद सुवाल

कठमाडौं–आइतबारको संसद् बैठकमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सासंद् प्रेम सुवालले भेनेजुएला विवादलाई संसदमा प्रवेस गराएका छन्। शून्य समयमा बोल्दै सासंद् सुवालले भेनेजुएलाको विषयमा संसद् मौन बस्न नहुने बताए।

उनले भने ‘भेनेजुएलामा भएको हस्तक्षेपको विरुद्ध सरकार बोलि सेकेको छ। यो विषयमा संसद्ले पनि आफ्नो धारणा राख्नुपर्छ।’ आइतबार विशेष आर्थिक क्षेत्र पहिलो संसोधन विधेक संसदमा छलफलकालागि प्रस्तुत भएको छ। 

प्रकाशित: २० माघ २०७५ १०:०६ आइतबार

भेनेजुएला संसद प्रेम_सुवाल