राजनीति

संवैधानिक आयोगका प्रस्तावित अध्यक्षविरुद्ध उजुरी आह्वान, कांग्रेसको लिखित असहमति

फाइल तस्बिर

काठमाडौ- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको लिखित असहमतिकै बीच संसदीय सुनुवाई समितिले विभिन्न ५ संवैधानिक आयोगका लागि प्रस्तावित अध्यक्षविरुद्ध  उजुरी आह्वान गरेको छ। समितिले उजुरीको लागि १० दिनको समय सीमा दिएको छ।

समितिको आइतबार बिहान बसेको बैठकमा कांग्रेस सांसदले विपक्षी दलका नेता बिनै संवैधानिक परिषदले अध्यक्ष सिफारिस गरेको भन्दै असहमति राखेको हो। बैठकमा सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले सहमति गरेर अघि बढ्न आग्रह गरे।  

संवैधानिक परिषदले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी, थारु आयोगको अध्यक्षमा विष्णुकुमार चौधरी, मधेसी आयोगमा डा.विजयकुमार दत्त र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारीको नाम सिफारिस गरेको थियो।

गत माघ ७ गते बसेको संवैधानिक परिषद्को बैठकले उनीहरुको नाम सिफारिस गरेको थियो। संसदीय सुनुवाइ पनि नियुक्तिको प्रक्रिया अघि बढ्ने छ। 

 

 

संवैधानिक_आयोग सुनुवाइ नेपाली_कांग्रेस