राजनीति

डा. केसीको समर्थनमा दुई युवाद्वारा अनशन, सरकारलाई ७२ घण्टे अल्टिमेटम

काठमाडौं - चिकित्सा शिक्षा सुधारको माग गर्दै २४ दिनदेखि अनशनरत डा.गोविन्द केसीको मागमा समर्थन जनाउँदै कैलाली का दुई अनशनमा बसेका छन्। डा. केसीको मागप्रति ऐक्यवद्धता जनाउन कैलालीका खेमबहादुर मगर र अर्जुन प्रसाद कोइराला बुधबार काठमाडौं आएका थिए।

काठमाडौं पुगे लगत्तै मगर र कोइरालाले रत्नपार्कको शान्ति बाटिकामा ७२ घण्टे आमरण अनसनजनाएकाे बताएका छन्।  अनसनरत युवकहरुले सरकारसँग ७२ घण्टा भित्रमा डा. केसीसँग वार्ताका लागि समिति गठन गरी उनका माग र आवश्यक प्रकृया अगाडि बढाउन आग्रह गरेका छन्।

यद्यपि, सरकारले भनेबमोजिम आफ्ना मागहरु पूरा नगरे कडा रुपमा उत्रिने चेतावनी समेत दिएका छन्।

प्रकाशित: १८ माघ २०७५ ०३:५४ शुक्रबार

चिकित्सा_शिक्षा_सुधार अनशन डा.गोविन्द_केसी