काठमाडौँ - राष्ट्रियसभाका बैठक दिउँसो २ बजे बस्दैछ । उक्त बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ पारित गर्ने तयारी सँगै थप चार वटा विधेयक पेस हुनेछन्।
महिला, बालबालिका तथा जेष्ठ नगारिक मन्त्री थममाया थापाले जेष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संघीय संसदको सचिवालयले जनाएको छ।
त्यस्तै सचिवलायका अनुसार अर्थमन्त्री डा. युवराज खतिवडाले निवृत्तभरण कोष विधेयक, भुक्तानी तथा फर्छ्यौट विधेयक र नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
त्यस्तै गरी सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले विज्ञापन (नियमन गर्ने) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव र वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयकबारेको संशोधनबारे विचार गरियोस् भन्ने प्रस्ताव गर्ने भएका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रसले चिकित्सा शिक्षा विधेयकको विरोध गर्ने तयारी गरेको छ।
प्रकाशित: १७ माघ २०७५ ०७:२० बिहीबार