राजनीति

नयाँ बानेश्वरबाट ३२ अधिकारकर्मी पक्राउ

काठमाडाैं - प्रहरीले नयाँ बानेश्वरबाट ९ महिलासहित ३२ जना अधिकारकर्मीलाई पक्राउ गरेको छ। वाइड बडी जहाज खरिद भ्रष्टाचारमा संलग्न दोषीहरुलाई कारबाहि गर्नुपर्ने डा. गोविन्द केसीसँग गरिएका सहमतिहरु कार्यान्वय गर्नुपर्ने लगायतका मागहरु लिएर संसद भवन अघि धर्ना प्रदर्शनमा बसेका अधिकारकर्मीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी लगायतका अधिकारकर्मी रहेका छन्।

उनीहरुले  ढटुवा मन्त्री बर्खास्त गर, जहाज हलुङ्गो : नेता गह्रुंगाे, सत्याग्रही भोकै छन् : नेपाली जनता रोएका छन्, ठूला नेता मिलेका : साढे चार अरब निलेका, दुई तिहाइ सरकारको उपहार : साढे चार अरव भ्रष्टाचार, डा. केसीसँगको सहमति कार्यान्वयन गर, जहाज खरिद भ्रष्टाचार : मूल दोषीहरुलाई कारबाही गर, लगायतका प्लेकार्ड बोकेका थिए।

प्रकाशित: १६ माघ २०७५ १०:२६ बुधबार

अधिकारकर्मी वाइड_बडी गोविन्द_केसी प्रदर्शन पक्राउ