राजनीति

कांग्रेस नेताको नाममा रहेका अस्पताल केन्द्र मातहत ल्याउने सरकारको निर्णय

काठमाडौं– सरकारले नेपाली कांग्रेसका नेताको नाममा रहेका अस्पताल संघीय सरकार मातहत ल्याउने निर्णय गरेको छ। 

सोमवार बसेको मन्त्रिपरिषद बैठकले गिरिजाप्रसाद कोइरालाको नाममा रहेको तनहुँको स्वासप्रश्वास केन्द्र र सुशील कोइरालाको नाममा रहेको बाँकेको क्यान्सर अस्पताललाई संघीय सरकार मातहत राख्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए। 

आफ्ना नेताको नाममा रहेका अस्पताललाई केन्द्रबाट हटाएर खारेजीको प्रक्रिया लान खोजेको भन्दै कांग्रेसले सदन र सडकबाट आन्दोलन गरिरहेको छ। यही विषयलाई लिएर कांग्रेसले पछिल्लो पटक निरन्तर संसद अवरुद्ध गर्दै आएको थियो। 

सञ्चारमन्त्री बास्कोटाले कांग्रेस नेताको नामम रहेको अस्पतालबारे भएको निर्णय माघ १७ गतेको संसद बैठकमा जानकारी गराइने बताए। 

प्रकाशित: १५ माघ २०७५ ११:०९ मंगलबार

नेपाली_कांग्रेस अस्पताल मन्त्रिपरिषद_बैठक