राजनीति

पूर्वयुवराज पारस शाहलाई हृदयघात

फाइल तस्बिर

काठमाडौं– पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ। उनको राजधानीको नर्भिक अस्पतालमा आइसियुमा राखेर उपचार भइरहेको छ। 

सोमवार दिउँसो ललितपुरको हिरण्यवर्ण मन्दिरमा पूजाअर्चना गरेका पारसलाई छातिमा असहज महसुस भएपछि दिउँसो ४ बजेतिर नर्भिक अस्पतालमा भर्ना गरिएको थियाे।

अस्पताल स्रोतका अनुसार पारसको स्वास्थ्य रिपोर्टमा आउन बाँकी छ। उनलाई यसअघि दुईपटक हृदयघात भएको थियो।

प्रकाशित: १४ माघ २०७५ १२:०९ सोमबार

पारस_शाह हृदयघात नर्भिक_अस्पताल