राजनीति

केसीको समर्थनमा प्रदर्शन

काठमाडौं –१८ दिनदेखि अनशनरत डा. गोबिन्द केसीको मागमा ऐक्यबद्धता जनाउँदै 'साेलिडारिटी फर डक्टर केसी एलायन्स' लगायत उज्जवल थापा नेतृत्वको विवेकशीलले काठमाडाैंकाे माइतिघरमा प्रदर्शन गरेको छ। शनिबार बानेश्वरबाट र्याली निकाल्दै माइतिघरमा आएर सरकारविरुद्ध प्रदर्शन गरिएको हो। डा. केसीका माग सम्बोधन गर्न सरकारलाई दबाब दिन उनीहरूले विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीले सधै सधै झुक्याउँने कहिले सम्म हो लाज पचाउने, धोकेवाज ओली सरकार किन बन्छौं माफियाको मतियार जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए।

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसी विगतमा सरकारसँग आफूले गरेका सहमति कार्यान्वयन गराउँन भन्दै अनशन बसिरहेका छन्। डा. केसी स्वास्थ्य अवस्था दिनप्रतिदिन कमजोर बन्दै गइरहँदा पनि सरकारले वार्ताका माध्यमबाट समस्या समाधान गर्ने पहल गरेको छैन। बरू उल्टै सरकारफे शुक्रबार संसदबाट चिकित्सा शिक्षा विधेयक पारित गरेपछि पत्रकार सम्मेलन गर्दै डा. केसीले अनशन जारी राख्ने बताएका छन्।

सरकारले सम्झौताविपरीत चिकित्सा शिक्षा विधेयक संसद्मा लगेपछि विरोधमा पुस २५ गतेदेखि इलाम सदरमुकामबाट आमरण अनशन सुरु गरेका केसीलाई स्वास्थ्य अवस्था गम्भीर बनेपछि माघ ३ गते राति हेलिकोप्टरबाट काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पताल आइसियु कक्षमा भर्ना गरिएको थियो। स्वास्थ्यमा केही सुधार भएपछि उनलाई एनेक्स वार्डमा सारिएको थियो। उनलाई मंगलबार एनेक्स वार्डबाट गणेशमानसिंह भवनमा सारिएको थियाे।

विवेकशील_नेपाली_पार्टी डा._गोबिन्द_केसी उज्जवल_थापा