राजनीति

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं -  प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागि भएर स्वेदश फर्केका छन्। स्वीट्जरल्याण्डको डाभोसमा मञ्चको बैठक आयोजना भएको थियो।

बैठकमा सहभागि हुन प्रधानमन्त्री ओलीको नेतृत्वमा एक प्रतिनिधिमण्डल आइतबार डाभोस प्रस्थान गरेको थियो। उनले त्यहाँ दुई विषयमा आफ्नो मन्तव्य दिएका थिए। 'स्ट्राटेजिक आउटलुक अन साउथ एसिया' र 'सेपिङ द फ्युचर अफ डेमोक्रेसी' विषयमा धारणा राखेका थिए।

प्रधानमन्त्रीको स्वागतको लागि राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखहरु विमानस्थल पुगेका थिए।

केपी_शर्मा_ओली विश्व_आर्थिक_मञ्च स्वदेश फिर्ता