राजनीति

मर्यादाक्रम निर्धारणप्रति अख्तियारको आपत्ति

फाइल तस्बिर

काठमाडाैं - नेपाल सरकारले हालै परिमार्जन गरेको मर्यादाक्रमप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आपत्ती जनाएको छ।

आयोगको मिति २०७५ माग ७ गतेको बैठकले मर्यादाक्रम निर्धारणप्रति आयोगको ध्यानाकर्षण भएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। संवैधानिक पदाधिकारीहरुको मर्यादाक्रम साविकको भन्दा निकै तल्लो क्रममा रहँदा कार्य सम्पादन प्रक्रिया तथा बैठक सञ्चालनमा न्यूनतम मूल्य मान्यता समेत प्रभावित हुने आयोगको ठहर छ।

मर्यादाक्रम निर्धारण गर्दा परम्परा, प्रचलित कानून, पदबाट सम्पादन हुने कार्य र गरिमा समेतलाई आधार मानी संवैधानिक निकायका आयुक्त एंव सदस्यहरुको मर्यादाक्रम साविकको जस्तै संवैधानिक प्रमुखहरुको लगत्तैपछि राख्ने गरी मर्यादात्रमको निर्णयमा पुनरावलोकन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकार समक्ष आग्रह गरेको छ। यसअघि सरकारको यहि निर्णयप्रति निर्वाचन आयोगले समेत आपत्ति जनाएको थियो।

प्रकाशित: ७ माघ २०७५ ११:०८ सोमबार

मर्यादाक्रम अख्तियार आपत्ती