राजनीति

कांग्रेसको विरोध पछि संसद बैठक स्थगित

उठेर विरोध जनाउँदै कांग्रेस सांसद। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोध पछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। कांग्रेस संसदहरुले उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले १५ मिनेटको लागि संसद बैठक स्थगित गरे।

यस अघि कांग्रेस संसदीय दलका उपनेता विजय गच्छदारले सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पताल खारेज गर्न लागेको भन्दै ति अस्पताल केन्द्रमै स्थापना गर्न माग गरेका थिए। संसदमा बोल्दै उनले चिकित्सा शिक्षामा सुधारको माग राख्दै अनशन बसेका डा. गोविन्द केसीका मागबारे ध्यानाकर्षण गराउँदै राष्ट्रिय चिकित्सा शिक्षा विधेय मर्म विपरित आएको भन्दै विरोध गरे। ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ सोमबार पारित गर्ने तयारी गरेर संसदको कार्यसूचीमा राखिएको छ।

जीपी कोइराला स्वासप्रस्वास केन्द्र तनहुँमा र सुशील कोइराला क्यान्सर अस्पताल बाँकेमा स्थापना गर्न लागिएको छ। कांग्रेस सांसदहरुले राष्ट्रिय सभाको बैठक पनि अवरुद्ध गरेका थिए।

प्रकाशित: ७ माघ २०७५ ०७:१६ सोमबार

कांग्रेस संसद_बैठक