राजनीति

भारतले अर्थ मन्त्रालयका ६२ कर्मचारीलाई तालिम दिँदै

काठमाडौं - अर्थ मन्त्रालयका ६२ कर्मचारीलाई भारत सरकारको ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ अन्तर्गत सार्वजनिक वित्त व्यवस्थान विषयमा विशेष तालिम सुरु भएको छ।

अर्थ मन्त्रालयले भारत सरकारलाई गरेको अनुरोध अनुसार नेपाल/भारत आर्थिक सहकार्य कार्यक्रम अन्तर्गत सो तालीम साेमबारदेखि इन्स्टिच्युट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाइनान्स, नयाँ दिल्लीमा दिइएको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ।

यस तालिमले विद्युतीय भुक्तानी प्रणाली, लेखाविधि तथा रकम व्यवस्थापन, सार्वजनिक ऋण प्रणाली, वैदेशिक ऋण/अनुदान तथा प्रतिदानको लेखाविधि, निवृत्तिभरण भुक्तानी प्रणाली, आन्तरिक लेखापरीक्षण, आर्थिक जिम्मेवारी तथा बजेट व्यवस्थापन आदि विषयमा सहभागीको क्षमता अभिवृद्धि गर्ने विश्वास लिइएकाे छ। तालिम तीन समूहमा सञ्चालन गरिने दूतावासले जनाएकाे छ।

प्रकाशित: ३० पुस २०७५ १३:३८ सोमबार

अर्थ_मन्त्रालय भारत_सरकार