राजनीति

व्यक्तिगत र पार्टीगत स्वार्थबाट माथि उठ्न पूर्व राष्ट्रपतिकाे आग्रह

फाइल तस्बिर

ललितपुर - पूर्व राष्ट्रपति डा रामवरण यादवले व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर काम गर्न राजनीतिक दल तथा नेताहरुलाई आग्रह गरेका छन्। जनताको एकमात्र चाहना देशको समृद्धि रहेकोले देशको विकासमा लाग्न सवै राजनीतिक दलहरुसँंग उनले आग्रह गरे।

नाइटिङ्गेल अन्तर्राष्ट्रिय माध्यमिक विद्यालय कुपण्डोल ललितपुरको २६ औँ वार्षिकोत्सवको शनिबार ललितपुरमा उद्घाटन गर्दै उनले अब जनताको एक मात्र चाहना विकास र समृद्धि भएको हुँदा त्यसतर्फ केन्द्रीत हुन सरकारसँंग पनि आग्रह गरे। मुलुकमा व्याप्त भ्रष्टाचार, महंगी, बेरोजगारी, महिला हिंसा, बलात्कारसँगै सबै प्रकृतिका विभेद र उत्पीडनको अन्त्य जरुरी रहेको उनले औंल्याए। उनले सरकारले व्यावहारिक शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए। 

 

प्रकाशित: २८ पुस २०७५ १५:२८ शनिबार

डा_रामवरण_यादव