राजनीति

गंगामाया–राष्ट्रसंघका संयोजक भेट

काठमाडौं – सत्याग्रही गंगामाया अधिकारीले नेपालस्थित संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक भलेराई जुलियान्डसँग भेट गरेकी छन्। अधिकारीले बुधबार पुल्चोकस्थित राष्ट्रसंघको कार्यालयमा जुलियान्डसँग भेट गरेकी हुन्। उनले न्याय प्राप्तिका लागि आफूले गरिरहेको संर्घषलाई अन्तर्राष्ट्रियकरण गर्न आग्रह गरेकी हुन्।

अधिकारीले सात वर्षदेखि आफूले न्याय प्राप्तिका लागि गरिरहेको निरन्तर संघर्षबारे जुलियान्डलाई जानकारी गराउँदै आफू संयुक्त राष्ट्रसंघको मुख्यालय र बेलायत भ्रमण गर्न चाहेको बताइन्। उनले न्यायका लागि अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्ने बताइन्। जबाफमा जुलियान्डले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन्।

प्रकाशित: २७ पुस २०७५ ०२:०७ शुक्रबार

गंगामाया_अधिकारी भलेराई_जुलियान्ड