राजनीति

डा. केसीसँगका पूर्व सहमति कार्यान्वयन गर्न माग

काठमाडौं –  डा. गोविन्द केसीसँग सरकारले यस अघिका संझौता कार्यान्वयन गर्न मानव अधिकार तथा शान्ति समाजले माग गरेको छ। स्वास्थ्य शिक्षा क्षेत्रमा सुधारलगायतका विषयमा केन्द्रित रही बुधबारदेखि इलाममा आमरण अनसन थालेका प्रति मानव अधिकार तथा शान्ति समाजको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

 डा. केसीले विगतमा पनि यिनै विषयमा केन्द्रीत रही १५ पटक सत्याग्रह गरिसकेको भन्दै समाजले  विगतका सहमति कार्यान्वयनमा सरकारले छलकपट र उदासिनता देखाएको आरोप लगाएको छ। डा. केसी पुनः आमरण अनसन बस्नुपर्ने परिस्थिति उत्पन्न हुनु दुखद रहेको भन्दै डा. केसीसँग विगतमा भएका सहमतिहरु कार्यान्वयन गरी डा. केसीको सत्याग्रहलाई शिघ्र निकास दिन शान्ति समाज सरकासँग आग्रह गरेको छ। 

 

प्रकाशित: २६ पुस २०७५ ०७:५७ बिहीबार

डा._गोविन्द_केसी मानव_अधिकार_तथा_शान्ति_समाज