राजनीति

नेपाल र फ्रान्स सम्बन्ध ७० वर्षमा

 

काठमाडौं – नेपाल र फान्सबीच बहुपक्षीयतामा जोड दिने विषयमा छलफल भएको छ। औपचारिक कूटनीतिक सम्बन्ध विस्तार भएको ७० वर्ष पूरा भएको अवसरमा नेपाल भ्रमणमा आएका फ्रान्सका युरोपेली एवं विदेश मामिला महासचिव मौरिसी गौरडाउल्ट मोन्टांगे तथा परराष्ट्र सचिव शंकरदार बैरागीबीच द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय विषयबारे छलफल भएको हो।

दुई मुलुकको कूटनीतिक सम्बन्धको ७० औं वर्ष पूरा भएको अवसरमा बुधबार मोन्टांगे र परराष्ट्रसचिव बैरागीले विशेष स्मरणीय लोगो सार्वजनिक गरेका छन्। दुई अधिकारीबीचको भेटमा सामाजिक समानता, जलवायु परिवर्तन, बहुपक्षीयता तथा विकासका चुनौती, व्यापार, लगानी, पर्यटन यातायात तथा डिजिटलाइजेसनमा पहुँच र वातावरणलगायतका विषयमा छलफल भएको थिए।

यस्तै मिस नेपाल २०१८ शृंखला खतिवडालाई सद्भावना दूतसमेत नियुक्त गरिएको छ। खतिवडालाई महासचिव मोन्टांगे र सचिव बैरागीले संयुक्त रुपमा नियुक्ति पत्र हस्तान्तरण गरेका थिए। नेपाल र फ्रान्सबीच २० अप्रिल १९४९ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापित भएको थियो।

प्रकाशित: २६ पुस २०७५ ०१:४० बिहीबार

नेपाल_फ्रान्स सम्बन्ध