राजनीति

नेपाली कांग्रेस छायाँ सरकारको अभ्यासमा

काठमाडौं– नेपाली कांग्रेसले छायाँ सरकारको अभ्यास गर्ने भएको छ। मंगलवार बसेको संसदीय दलको बैठकमा हरेक सांसदलाई तीन वटा मन्त्रालय रोज्न भनिएको छ।

कांग्रेसले संसदमा पार्टीको भूमिका प्रभावकारी बनाउन र सरकारका कामलाई अनुगमन गर्न छायाँ सरकार गठन गर्न लागेको सांसद प्रकाश स्नेहीले जानकारी दिए।  

यस अन्तर्गत नेकाले विशेष समिति गठन गर्नेछ। यी समितिमा सरकारका पुरै मन्त्रालय र विभाग हेर्ने गरी सांसद तोक्नेछ। कुन सांसदलाई कुन मन्त्रालय पर्यो भन्ने कुरा पछि जानकारी दिइनेछ।  

प्रकाशित: २४ पुस २०७५ ११:४१ मंगलबार

नेपाली_काङ्‌ग्रेस छायाँ_सरकार