राजनीति

सरकारले वाइड बडीमा भएकाे भ्रष्टाचारलाई ढाकछाेप गर्न खाेज्याे : राप्रपा (प्रजातान्त्रिक)

काठमाडाैं - राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले वाइड बडी जहाज प्रकरणमा भएको भ्रष्टाचारलाई सरकारले ढाकछोप गर्न खोजेको आरोप लगाएको छ।

पार्टीका अध्यक्ष पशुपति शम्शेर ज.ब.रा.को अध्यक्षतामा सोमबार बसेको उच्चस्तरीय कार्यसम्पादन समितिको बैठकले संसदको लेखा समितिको उपसमितिले प्रतिवेदन पेश गरिसकेको अवस्थामा सरकारले भ्रष्टाचारलाई ढाकछोप गर्न न्यायिक समिति गठन गरेकोमा आपत्ती समेत जनाएको छ। सरकारको उक्त कदमले भ्रष्टाचारलाई बढावा दिएको र संसदको सर्वोच्चतालाई चुनौती दिएकोले पार्टीले सरकारको ध्यानाकर्षण समेत गराएको छ।

यस्तै बैठकले पौष २७ गतेलाई राष्ट्रिय एकता तथा पृथ्वी जयन्ती घोषणा गरी सार्वजनिक विदा दिन समेत माग गरेको छ। 

 

प्रकाशित: २३ पुस २०७५ ०९:५४ सोमबार

राप्रपा_(प्रजातान्त्रिक) वाइड_बडी भ्रष्टाचार