राजनीति

विपक्षीकाे अवराेध पछि संसद बैठक बुधबार सम्मका लागि स्थगित

काठमाडाैं -प्रतिनिधि सभाकाे बैठक आगामी पाैष २५ गते बुधबार सम्मका लागि स्थगित भएकाे छ। सरकारका कामकारबाहीका बारेमा  प्रधानमन्त्रीले आइतबार संसदमा सम्बाेधन गरेपछि प्रतिपक्षीहरुले प्रश्न राख्न नदिएकाे भन्दै बैठक सञ्चालनमा अवराेध गरेपछि संसद बैठक स्थगित गरिएकाे हाे।

सभामुख कृष्णबहादुर महराले कांग्रेसका डा. मिनेन्द्र रिजाललाई बाेल्नका लागि समय दिएका थिए। तर सवैलाई वोल्न दिनुपर्ने भन्दै कांग्रेसका सांसदहरुले आवाज उठाएपछि सभामुखले प्रश्नाेत्तरको कार्यक्रम नै रोकेका थिए। विपक्षी सांसदहरुले संसद बैठकमा नाराबाजी गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। प्रतिपक्षीकाे अवराेध पश्चात बैठक चल्न नसक्दा सुचना टाँस गरि बुधबार सम्मका लागि बैठक स्थगित गरिएकाे हाे।

प्रकाशित: २२ पुस २०७५ १०:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App