राजनीति

रेल आउँछ, पानी जहाज आउँछ, धैर्य गरौं (सम्बोधनको पूर्णपाठ)

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार प्रतिनिधि सभालाई सम्बोधन गर्दै सरकारले गएको दश महिनामा गरेका कामहरुको विवरण दिएका छन्।
प्रधानमन्त्री ओलीले पानी जहाजको कुरा गर्दा कागजका जहाज बनाइएको, अहिले रेलको कुरा गर्दा टिकट काट्ने ठाउँ खोइ भनेर हल्का रुपमा लिइएको बताउँदै तैपनि टिकट खोज्न सकारात्मक बनेकोमा धन्यवाद भने।

अोलीले सम्बोधनका क्रममा भने, 'मैले स्मरण गरिरहेको छु, कुनै समय पानीजहाजको कुरा गर्दा कागजका डुङ्गा फ्याँकियो । रेलको चर्चा गर्दा रित्ता बाल्टिन् लाइनमा राखी कुरा काटियो । अहिले पनि सुनेको छु– जहाजको टिकट काटौं भनेको, काउण्टर खै ?हिजो नपत्याउनेहरु समेत आज, अब त हुन्छ क्यारे भन्ने तहमा पुगेमा म खुशी व्यक्त गर्दछु।' ओलीले भने, '   धैर्य रहौं– रेल पनि आउँछ, जहाज पनि चल्छ । स्टेशन, टिकट काउण्टर सबै खुल्छ, ढुक्क रहे हुन्छ।'
प्रधानमन्त्रीले प्रतिनिधि सभामा गरेको सम्बोधनको पूर्णपाठ यसप्रकार छ।

प्रकाशित: २२ पुस २०७५ १२:२६ आइतबार

प्रधानमन्त्री_केपी_ओली सम्बोधन रेल पानीजहाज स‌ंसद प्रतिनिधि_सभा