राजनीति

प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दै

काठमाडाैँ - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सरकारको काम–कारबाहीलाई लिएर विभिन्न प्रश्न उठिरहेका बेला प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गर्न लागेका हुन्। 

दिउँसाे १ बने बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारबारे उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि गत बिहीबार  प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने तयारी गरेका थिए। तर, अन्तिममा त्यो स्थगित भएकाे थियाे।

प्रकाशित: २२ पुस २०७५ ०५:१३ आइतबार

प्रधानमन्त्री केपी_शर्मा_ओली संसद