राजनीति

कांग्रेस कार्यसमिति बैठक माघमा

काठमाडाैं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी माघ १० मा वोलाइएको छ। शनिवार कांगेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ती जारी गर्दै बैठकबारे जानकारी गराएका हुन्।

कांग्रेसको केन्दीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा वस्ने भएको छ। बैठकमा मुलुकको वर्तमान अवस्था र आगामी दिनमा कांग्रेसले लिने नीति तथा समसामयिक विषयमा छलफल हुने विज्ञप्तीमा उल्लेख छ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई उपस्थितिका लागि अनुरोध समेत गरेको छ।

 

प्रकाशित: २१ पुस २०७५ १०:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App