राजनीति

सरकारले आफ्नो मन्त्रीलाई बचाउन खोज्योः पूर्व प्रधानमन्त्री भट्टराई

फाइल तस्बिर

काठमाडौं– पूर्व प्रधानमन्त्री एंव नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारले वाइडबडी प्रकरणमा आफ्नो मन्त्रीलाई वचाउन खोजेको आरोप लगाएका छन । 
पूर्व प्रधानमन्त्री डा. भट्टराईले शुक्रवार राति ट्विटमा लेखेका छन्, ‘आफ्नो दिसा सुवासिलो र आरुको दिसामा गन्ध आउन्छ भन्न मिल्दैन’। वाइडबडी प्रकारणमा संसदको सार्वजनिक लेखा समितिअन्र्तगतको उपसमितिले बुझाएको प्रतिवेदनमा बाहालवाला मन्त्रीको समेत संग्लना पाइएपछि सरकारले उनको वचाउ गर्न खोजेको डा. भट्टराईको दाबी छ । 
आफ्नो पार्टीले गरेको भ्रष्टाचार राम्रो र अर्को पार्टीले गरेको नराम्रो कदापी नहुने भन्दै पूर्व प्रधानमन्त्री डा. भट्टराईले आ आफ्नो पार्टीको बचाउ गर्ने सुरमा वाइडबडी प्रकरणमा लेखासमितिलाई पंगू वनाउने काम भईरहेको भन्दै चिन्ता व्यक्त गरेका छन । साथै डा. भट्टराईले वाइडबडी प्रकरणमा षडयन्त्रको गन्ध आएको भन्दै भ्रष्टाचार क्यान्सर नै हो यसले सवैलाई खान्छ भन्दै सचेत गराएका छन। 

 

प्रकाशित: २१ पुस २०७५ ०८:३३ शनिबार

नयाँ_शक्ति_नेपाल डा._बाबुराम_भट्टराई वाइडबडी_प्रकरण