राजनीति

कर्णालीमा काम गर्ने कर्मचारीलाई पुरस्कृत गरिने

सुर्खेत - कर्णाली प्रदेश सरकारले कर्णालीमा काम गर्ने कर्मचारीहरुलाई पुरस्कृत गर्ने भएको छ। प्रदेश सरकारले कर्णालीमा बसेर राम्रो कार्य सम्पादन गर्ने कर्मचारीहरुलाई पुरस्कृत गर्नकालागि चालू आर्थिक वर्षमा ७० लाख रुपैयाँ छुट्याएको छ।

‘कर्णालीमा काम गर्ने कर्मचारीलाई प्रोत्साहन गर्न चालू आर्थिक वर्षको बजेटमा ७० लाख रुपैयाँ छुट्याएका छौं’ कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले भनिन्,‘उक्त रकम कर्णालीमा बसेर राम्रो काम गर्ने कर्मचारी, समूह, सहकारी र कृषकहरुलाई सम्मान गछौं।’ उनले दुर्गम भएकाले कर्मचारीहरु कर्णालीमा आउन नमान्ने अवस्था रहेको भन्दै कर्मचारीलाई प्रोत्साहन गर्ने नीति प्रदेश सरकारले लिएको बताइन्।

प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा मन्त्री केसीले पुरस्कार पाउने गरेर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिइन्। उनले सरकारले ल्याएको चालू आर्थिक वर्षको बजेट कार्यान्वयनमा ध्यानदिन समेत कर्मचारीहरुलाई निर्देशन दिइन्।

 

प्रकाशित: १९ पुस २०७५ १४:०२ बिहीबार

कर्णाली_प्रदेश विमला_केसी