राजनीति

कर्मचारी समायोजन अध्यादेश स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको मंगलबारको बैठकले कर्मचारी समायोजन अध्यादेश स्वीकृत गरेको छ। अध्यादेश विरुद्धमा सांसद गगन थापाले अस्वीकारको प्रस्ताव राखेका थिए। उनको प्रस्तावमाथि ध्वनीमतका आधारमा मतदान हुँदा बहुमतले अस्वीकृत भएको थियो।

थापाको प्रस्तावको पक्षमा कांग्रेसका सांसदहरू पनि देखिएनन्। उनीहरू एक अर्कालाई मुखामुख मात्रै गरेका थिए। सरकारले ल्याएको अध्यादेश संसद् बसेको मितिले ६० दिनभित्र प्रतिस्थापन विधेयक दर्ता गर्नुपर्दछ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संविधानको व्यवस्थाबमोजिम कर्मचारी अध्यादेश ल्याएको बताए। उनले यो अध्यादेशले कर्मचारीको वृत्ति विकास नरोक्ने बताए।

प्रकाशित: १८ पुस २०७५ ०१:५५ बुधबार

लालबाबु_पण्डित कर्माचारी समायोजन अध्यादेश