राजनीति

प्रदेश प्रमुख र प्रधानसेनापतिबीच भेटवार्ता

जनकपुरधाम - प्रदेश नं. २ का प्रदेश प्रमुख र प्रधानसेनापतिबीच सोमबार भेटवार्ता भएको छ। प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ र प्रधानसेनापति पुर्णचन्द्र थापाबीच सोमबार बिहान भेटवार्ता भएको प्रदेश प्रमुखका प्रेस सल्लाहकार ब्रम्हानन्द ठाकुरले बताए।

भेटका क्रममा प्रदेश नं. २ काे विकास निर्माणका कार्यमा हुन सक्ने सेनाको भूमिकाका बिषयमा कुराकानी भएको छ। साथै सो भेटका क्रममा प्रधानसेनापति थापाले महोत्तरीको बर्दिबासमा सैनिक विद्यालय तथा सैनिक अस्पताल संचालन हुने जानकारी दिए। हाल बढ्दो समस्याका रुपमा रहेको युवा पलायनलाई रोक्न रोजगारीको अवसर सिर्जना गरी युवाहरुलाई सेनामा आकर्षित गर्ने योजनाहरु ल्याइने थापाले बताए। विहान करिब आधा घण्टा भएको भेटवार्ताका क्रममा मोबाईल अस्पताल मार्फत स्वास्थ्य सेवा  संचालन गरिने प्रधानसेनापति थापाले जानकारी समेत दिए।

प्रकाशित: १६ पुस २०७५ ०९:५१ सोमबार

प्रदेश_नं._२ रत्नेश्वरलाल_कायस्थ पुर्णचन्द्र_थापा