राजनीति

संविधान संशोधन नभएसम्म मुलुकले बाटो पाउँदैन् : उपप्रम यादव

काठमाडौं– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री उपेन्द्र यादवले वर्तमान संविधानले देश नचल्ने बताउँदै तत्काल संशोधन गर्नुपर्ने बताएका छन्। ‘जति चाँडो संशोधन गर्यो, त्यति चाँडो मुलुकले बाटो पाउँछ’, उनले भने। 

शुक्रबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा यादवले संविधान संशोधन गराउने समझदारीका आधारमा नै आफूहरु सरकारमा सहभागी भएको स्पष्ट पारे।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमेत रहेका अध्यक्ष यादवले संविधान संशोधन नगरेसम्म मुलुकले बाटो नपाउने ठोकुवा गरे। उनले चाँडोभन्दा चाँडो संशोधनको विद्येयक अगाडि बढाउनुपर्नेमा जोड दिए। 

मन्त्री यादवले संसदको चालु हिउँदे अधिवेशनमै संविधान संशोधनको विद्येयक दर्ता हुने र पारित हुने पनि विश्वास दिलाए।

प्रकाशित: १३ पुस २०७५ १२:३७ शुक्रबार

उपेन्द्र_यादव संविधान_संशाेधन संघीय_समाजवादी_फोरम