राजनीति

कर्मचारी समायाेजन अध्यादेश विभेदकारीः गगन थापा

फाइल तस्बिर

काठमाडौं– नेपाली कांग्रेसका सांसद गगन थापाले वर्तमान सरकारले ल्याएकाे कर्मचारी समायाेजन अध्यादेश खारेज गर्न माग गरेका छन । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा थापाले धेरै नबोल्न र काम गर्न सुझाव दिएपनि त्यसलाई नमानेर जनताकाे सेवा र कर्मचारीमाथि विभेद सृजना गर्न खाेजेकाे अाराेप लगाएका हुन् ।

कर्मचारी समायोजनमा सरकार बेढंगीरुपमा अगाडि बढीरहेको भन्दै पूर्ववर्ति देउवा सरकारले बनाएको कर्मचारी समायोजन ऐन कार्यान्वयन नगरेर गलत नियतले अध्यादेश ल्याएर कर्मचारीमाथि अन्यायपूर्ण तरिकाले कार्यान्वयन गर्न खोजिरहेको आरोप लगाए। ‘संहदरबार, प्रदेश, स्थानीय तह सबैतिर कर्मचारी आन्दोलनरत छन्।

यस्तो बेलामा सरकारले के गर्छ? पहिलाको जस्तै ‘यी थाङ्नेहरु हुन भनेर घोक्राएर पठाउँछ? त्यसो भए यो सरकारले त्यसभन्दा पहिले एकपटक ऐनामा आफ्नो अनुहार हेरोस्।’

उनले संघीय कर्मचारी समायोजन ऐन, प्रदेशको ऐन, स्थानीय ऐन साथै लोकसेवा ऐन लगायतकासबै ऐन बनाएको भए समस्या नआउने भन्दै अध्यादेश खारेज गर्न माग गरे।

प्रकाशित: १३ पुस २०७५ ०९:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App