राजनीति

राप्रपाले पृथ्वी जयन्ती मनाउने

फाइल तस्बिर

काठमाडौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले पृश्वी नारायण शाहको जन्मजयन्तीलाई देशभरी राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरेको छ। पार्टी अध्यक्ष पशुपति शमशेर राणाको सभापतित्वमा बिहीबार बसेको उच्चस्तरीय कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो।

बैठकले नेपाललाई जबर्जस्ती धार्मिक र सांकृतिक द्वन्द्वको चक्रब्यूहमा फसाउने बाह्य शक्तिहरुको दिर्घकालीन रणनीति कार्यान्वयनमा वर्तमान सरकार संलग्न रहेको भन्दै यसको घोर चिन्ता र भत्सर्ना गरेको छ। अर्को उच्चस्तरीय कार्य सम्पादन समितिको बैठक पुस १५ गते बस्ने पार्टीले जनाएको छ।

प्रकाशित: १३ पुस २०७५ ०२:०९ शुक्रबार

राप्रपा पृथ्वी_जयन्ती राष्ट्रिय_एकता_दिवस