राजनीति

राजपा अध्यक्षमा सिंह

राजविराज - राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको जिल्ला अध्यक्ष मण्डल सप्तरीको संयोजकमा शतिसकुमार सिंह चयन भएका छन् ।

अध्यक्ष मण्डलको जिल्ला संयोजक रामप्रित यादवको अध्यक्षतामा सम्पन्न बैठकले सिंहलाई चक्रीय प्रणालीअनुसार दुई महिनाका लागि अध्यक्षमा चयन गरेको संयोजक यादवद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । सिंह तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्षसमेत हुन्। (रासस)

प्रकाशित: ११ पुस २०७५ ०४:५६ बुधबार

राजपा अध्यक्ष_मण्डल