राजनीति

‘सुखी नेपाली, समृद्ध नेपाल’ लाई परिवार दलले सघाउने

काठमाडौं– नेपाल परिवार दलले सरकारले ल्याएको ‘सुखी नेपाली, समृद्ध नेपाल’ अभियानलाई पूर्ण रुपमा सफल बनाउन सहयोग गर्ने निर्णय गरेको छ । सो दलको बैठकले उक्त अभियानलाई सफल पार्ने निर्णय गरेको हो।

बैठकले हालै काठमाडौंमा सम्पन्न एसिया प्यासिफिक शिखर सम्मेलनले अन्तर्राष्ट्रिय क्षेत्रमा देशको प्रतिष्ठा उच्च बनाएको, नेपालको पर्यटन प्रवर्धनमा विकास गरेको, जलवायु परिवर्तनका असर न्यून गर्दै जान जनचेतना जगाउन सहयोग गरेको तथा नेपालको सफल शान्ति प्रक्रियालाई विश्व मञ्चमा पुर्‍याउन महत्वपूर्ण सहयोग गरेको ठहर पनि गरेको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुकको विकासमा लिएको बाटो सही रहेको ठहर गर्दै जनआकांक्षा सम्बोधन गर्न थप प्रभावकारी ढंगबाट परिणाममुखी कार्य सम्पादन गर्न सुझाव दिएको छ। राजनीतिक नियुक्ति योग्यता, क्षमता र क्षेत्रगत विषयलाई आधार बनाएर गर्न पनि बैठकले सुझाएको छ।

राष्ट्रिय मुद्दामा सबै पक्ष एकजुट भएर अघि बढ्ने वातावरण सिर्जना गर्न पनि सो दलले सरकारलाई आग्रह गरेको छ । यस्तै बैठकले निर्मला पन्तको बलत्कारपछि भएको हत्याबारेमा तदरुकता साथ छानबिन गरी सत्यतथ्य तुरुन्त सार्वजनिक र दोषीमाथि कारबाही गर्न आग्रह गरेको छ ।

प्रकाशित: २ पुस २०७५ ०३:२२ सोमबार

परिवार_दल सरकार