राजनीति

नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिको एजेन्डा तय गर्न सचिवालय बैठक बस्न लागेको छ। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी समितिमा कस्ता एजेन्डा प्रस्तुत गर्ने भन्ने तय गर्न सचिवालय बैठक बस्न लागेको  बताए।

पाँच महिनाभन्दा बढी समयदेखि बस्न नसकेको स्थायी समिति बैठकपनि आज बस्न लागेको हो। गत २२ गते बसेको सचिवालयका पाँच सदस्यको बैठकले आजका लागि स्थायी समिति बैठक तय गरेको थियो।

स्थायी समिति बैठक आज १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्दैछ। त्यसअघि अहिले सचिवालय बैठक बस्दै छ।

प्रकाशित: २९ मंसिर २०७५ ०५:३८ शनिबार

नेकपा सचिवालय