राजनीति

संविधान संशाेधन गर्न सकिन्छ : अध्यक्ष दाहाल

फाइल तस्बिर

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले संविधान संशाेधन मार्फत उत्पीडित जाती तथा समुदायकाे अधिकार स्थापित गराउन सकिने बताएका छन्।

थारू भाषाको पत्रिका ‘मुक्तिक डगर’ विमोचन गर्दै अध्यक्ष दाहालले नेपालको संविधानले उत्पीडित जाति तथा समुदायका लागि अधिकार दिए पनि वास्तविक रुपमा ती अधिकार कार्यान्वयनको तहमा पुग्न नसकेकाे बताए। उनले संविधान संशाेधनबाट मात्रै उत्पीडित वर्ग, जाति र समूदायको हक अधिकारलाई सुनिश्चित गर्न सकिने बताए। संशोधनको प्रक्रियाबाट गुज्रिदै संविधान पूर्णता तर्फ जाने बताउँदै अध्यक्ष दाहालले अाफु प्रधानमन्त्री हुँदा समेत संविधान संशाेधनकाे प्रयास गरेकाे तर विविध कारणले सफल हुन नसकेकाे बताए।

शहीदका सपना पुरा गर्न अाफु लागिपरेकाे बताउँदै उनले भने "नेपालको समग्र परिवर्तनका लागि शहीदले बगाएको रगत र देखेको सपना केही पूरा भए पनि केही पूरा भएका छैनन् त्यसलाई पूर्णता दिनु परिवर्तनकारी शक्तिको दायित्व हाे।" हजारौंको बलिदानीबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको बताउँदै अध्यक्ष दाहालले अझै उनीहरुका सम्पूर्ण सपना पुरा भइनसकेकाे बताए। 

 

प्रकाशित: २७ मंसिर २०७५ ०८:०६ बिहीबार

नेकपा पुष्पकमल_दाहाल