राजनीति

प्रधानन्यायाधीशमा चाेलेन्द्र शमशेरकाे नाम सिफारिस

काठमाडौं – सवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबराको नाम सिफारिस गरेको छ। परिषद्को आज बिहान बसेको बैठकले जबराको नाम सिफारिस गरेको हो।

 प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुष १७ गतेबाट अनिवार्य अवकास पाउने भएकाले सो अगावै प्रधानन्यायाधीश नियुक्तिको लागि परिषदले जबराकाे नाम सिफारिस गरेकाे हाे। 

न्याय परिषद्ले भावी प्रधानन्यायाधीशका लागि दीपकराज जाेसी र चाेलेन्द्र शमशेरकाे नाम सिफारिस गरेकाे थियाे। तर परिषदले यस अघि नै जाेसीकाे नाम सिफारिस गरेकामा संसदीय सुनुवार्इ  विशेष समितिले अस्वीकृत गरेकाे थियाे। 

प्रकाशित: २७ मंसिर २०७५ ०५:२३ बिहीबार

सवैधानिक_परिषद् प्रधानन्यायाधीश चोलेन्द्र_शमशेर_जबरा