राजनीति

संसदीय सुनुवार्इ समितिमा प्रस्तावित राजदूतहरुले प्रश्नका जवाफ दिँदै

काठमाडाैं - संसदीय सुनुवाइ समितिको बैठक चलिरहेको छ। भारतका लागि प्रस्तावित राजदूत निलाम्बर आचार्य लगायत अन्य मुलुकका राजदूत प्रस्तावितहरुको आइतबार संसदीय सुनुवाइ भैरहेको हो। प्रस्तावित राजदूतहरुले सांसदद्वारा उठाइएका प्रश्नहरुकाे जवाफ दिइरहेका छन्।

मलेसिया, इजरायल र यूएईका लागि प्रस्तावित राजदूतसँग पनि सुनुवाई गर्ने समितिको कार्यसूचि छ। संसदीय सुनुवाई विशेष समितिमा आचार्यले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन र राष्ट्रको प्रतिष्ठा बढाउन आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित: २३ मंसिर २०७५ ०७:५३ आइतबार

संसदीय_सुनुवाइ_समिति राजदुत