राजनीति

नेकपाको स्थायी कमिटी बैठक २९ मंसिरमा

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक मंसिर २९ गते बस्ने भएको छ। शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालय बैठकले स्थायी कमिटी बैठक २९ गतेका लागि बोलाउने निर्णय गरेको हो। 

महासचिव विष्णु पौडेलका अनुसार स्थायी कमिटीको बैठक अर्काे शनिवार दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्वाराहीमा बस्नेछ। 

दिउँसो ३ बजे बोलाइएको आजको सचिवालय बैठक समयमा सुरु नभएको भन्दै चार नेताले बहिस्कार गरेका थिए। बैठक बोलाएर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल आधा घण्टासम्म नआएपछि वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता वामदेव गौतम बालुवाटारबाट बाहिरिएका थिए।

उनीहरुको अनुपस्थितीका बाबजुद बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो। 

प्रकाशित: २२ मंसिर २०७५ १५:०० शनिबार

नेकपा स्थायी_कमिटी_बैठक