राजनीति

क्रान्तिकारी पत्रकार महासंघ गण्डकी अध्यक्षमा जिसी

पोखरा- क्रान्तिकारी पत्रकार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा गोपाल जिसी चयन भएका छन्। बिहीबार प्रदेश राजधानी पोखरामा भएको भेला तथा अन्तरक्रिया कार्यक्रमबाट जिसीको अध्यक्षता रहने गरि सात सदस्यीय प्रदेश समिति चयन गरिएको हो।

क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका जिसी संयोजकत्वको समितिमा सुजय तिवारी, राजेन्द्र सुवेदी, निर्मल पौडेल, शोभा जिसी, सुमन विश्वकर्मा सदस्य रहेका छन्। भेलाले एक सदस्य पछि थप गर्ने निर्णय समेत गरेको छ।

कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय अध्यक्ष ईन्द्र राउत, नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य एवम् प्रदेश सेक्रेटरि श्रीनाथ अधिकारी उपस्थित थिए।

यस्तै, केन्द्रीय सदस्य निश्चल, सचिव रामकुमार श्रेष्ठ, केन्द्रीय समिति कार्यालयका सदस्य लोकराज जैशी सहित पत्रकारहरुको सहभागिता रहेको थियो।

प्रकाशित: २० मंसिर २०७५ १३:५७ बिहीबार

पत्रकार क्रान्तिकारी