राजनीति

पुसभित्र कर्मचारी व्यवस्थापन हुन्छ : मन्त्री पण्डित

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुस मसान्तभित्र प्रदेश र स्थानीय तहमा आवश्यक प्राविधिक कर्मचारीको व्यवस्थापन गरिसक्ने जनाएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश र स्थानीय तहका लागि आवश्यक प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने बताए।

राष्ट्रिय सरोकार समितिको बुधबारको बैठकमा उनले सो कुरा बताएका हुन्। उनले प्राविधिक कर्मचारी करारमा लिएर काम गर्ने व्यवस्था मिलाइएको बताए। सरकारले गत असारमा नै कर्मचारीको दरबन्दी स्वीकृत गरेको बताए। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले पुसको पहिलो साताभित्र संसदको अधिवेशन बोलाउने तयारी भएको बताए।

प्रतिनिधिसभा बैठक हलमा कुर्सी, माईकल लगायतको मिलाउने कार्य भइरहेको छ। उनले संसदको हिउँदे अधिवेशनमा कानुन निर्माण प्रक्रियालाई व्यवस्थित ढंगले अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे तत्काल ३६ कानुन पुनरावलोकनमा रहेको बताए।

प्रकाशित: २० मंसिर २०७५ ०२:०८ बिहीबार

सामान्य_प्रशासन_मन्त्रालय स्थानीय_तह कर्मचारी_व्यवस्थापन